Maoists Agitation Day 1

1

The first day of Maoists Agitation was largely peaceful in the kathmandu valley while some clashes were reported outside the valley, especially in Chitwan where at least six persons, including two journalists, were injured when police and Maoist students clashed. We had live updates of the event the whole day. Here we want to include the whole live script of the whole day. If you want to view the 1st day protest in images, please go to this post “Maoists Day 1 Protest live in Images“. Live Script of the Events.

  • 6:31 AM: nepaliblogger बानेश्वरबाट आएका एक सहकर्मीले सुनाएको यस्तो नारा लाग्दैछ रे- थिम्पुबाट आएसि माधव नेपाल मातेको छ। सिंहदरबार खाली गर वाइसीएलको रगत तातेको छ।
  • 6:41 AM: nepaliblogger Maoist supporters clashed with police in Bharatpur; with locals at Biratnagar. Minor clashes. #MaoistGS
  • 6:41 AM: nepaliblogger झलनाथ खनाललाई बुझाइएको भनिएको प्रमको राजीनामा मागको ज्ञापनपत्र इमेलबाट पो पठाएको रे-खनालले आफ्नै निवास डल्लुमा पत्रकार सम्मेलन गर्दै भनेको
  • 6:44 AM: nepaliblogger कक्षा १२ का भोलिदेखिका सम्पूर्ण परीक्षा स्थगित। आज परीक्षा दिन नपाएकाहरुको हकमा छुट्टै व्यवस्था गरिने। ‘जसको परीक्षा हुन सकेको छैनन्। तिनले नआत्तिए हुन्छ। तिनका लागि व्यवस्था हुन्छ’- उच्च माध्यामिक शिक्षा परिषदका प्रवक्ता नारायण कोइरालाले भने।
  • 6:44 AM: nepaliblogger सदरमुकाम भरतपुरमा आइतबार आन्दोलनका नाराजुलुस चल्दै गर्दा पूर्वी चितवनको भण्डारामा बम फेला परेको छ। बम शसस्त्र प्रहरीले तालिमका बेला छाडेको ह्याण्ड ग्रिनेट हुनसक्ने अनुमान गरिएको छ।
  • 6:44 AM: nepaliblogger एमाले नेता केपी शर्मा ओलीले प्रधानमन्त्रीको राजीनामा माग्ने ६० नेताहरुको ज्ञापनत्र षड्यन्त्रकारी गतिविधिको उपज भएको टिप्पणी गरेका छन्। ‘म त यसलाई षड्यन्त्रकारी भन्छु’ न्यूज ट्वान्टी फोसँग कुरा गर्दै ओलीले भने- ‘त्यस्ता गतिविधलाई समयमै सच्याउनुपर्छ। नत्र त कारवाही हुन्छ।’
  • 6:45 AM: nepaliblogger कक्षा १२ को परीक्षा स्थगित कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय उच्च माध्यामिक शिक्षा परिषद परीक्षा नियन्त्रण कार्यालयले गरेको छ। माओवादी आन्दोलनका कारण मुलुकका विभन्न भागमा परीक्षा बिथोलिएको थियो। चितवनमा परीक्षाकै विषयलाई लिएर आज झडप भएको थियो। झडपमा प्रहरीले हवाइ फायर समेत गरेको थियो।
  • 6:46 AM: nepaliblogger
  • 6:46 AM: nepaliblogger विराटनगर र वीरगञ्जमा बन्दको प्रतिकार भएछ
  • 6:47 AM: nepaliblogger
  • 6:52 AM: salokya सुन्धाराअगाडिबाट सहिदगेट जाने चौबाटोमा माओवादीहरुको भीड जम्मा भएर नाचगान गर्दैछन्
  • 8:01 AM: UjjwalAcharya The better name for Maoist General Strike is The Great Red Roadshow! The cultural shows everywhere in Kathmandu. #MaoistGS
  • 8:03 AM: UjjwalAcharya Use for tourism. “The Great Red Roadshow. Cultural shows on streets. Free entry. High security (govt). No violence (organizer). #MaoistGS
  • 8:18 AM: UjjwalAcharya Just walked around New Road! It’s a street vendor’s day: Panipuri was Rs 30 (not Rs 10). Street food stalls aplenty. #MaoistGS
  • 8:52 AM: UjjwalAcharya Cricket is a new fever in the town. On strike day, not only Tundikhel but streets are also serving as cricket field! #MaoistGS #cricket
  • 9:09 AM: salokya देउवाको प्रेस कन्फ्रेन्स लाइभ टिमीमा हेरेर अफिसमा सबै हाँस्दैछन्। शीर्ष नेताको बैठक कहिले बस्छ भनेर सोध्दा देउवा भन्छन् बोलाएपछि बस्छ 🙂
  • 9:21 AM: salokya माओवादीहरु झाडापखाला लागेर बिरामी हुन थाले भन्ने खबर आएसि न्युजरुममा जोक चल्यो- अब माधव नेपाललाई यही झाडापखाला एउटाले मात्रै जोगाउन सक्ने भो
  • 9:22 AM: UjjwalAcharya General Strike Day I: Largely peaceful (NHRC, Home Ministry). Successful (Maoist). #MaoistGS
  • 10:09 AM: salokya केही होला त भन्या? उच्चस्तरीय संयन्त्र भनिने टाउके नेताहरुको बैठक अहिले सात बजे र्‍याडिसन होटलमा बस्दै रैछन्।
  • 10:21 AM: nepaliblogger किनमेलको लागि बजार खुल्न दिएको समय सुरु भएको छ। माओवादीले साँझ ६ देखि ८ बजेसम्म किनेमलका लागि बजार खुला गर्ने जनाइसकेका छन्।
  • 10:22 AM: nepaliblogger नेपाल चिकित्सक संघले आन्दोलनमा आएकाहरुको उपचारको प्रबन्ध गर्न सरकारलाई आग्रह गरेको छ। संघका अध्यक्ष डा. केदारनरसिंह केसीले झाडापखालाको असर आन्दोलनकारी र आम काठमाडौँवासीमा पर्नसक्ने भन्दै बेलैमा उपचार थाल्न आग्रह गरेको बताए। यसैगरी आन्दोलनमा सहभागी हुन पूर्वी पहाडी जिल्लाबाट सुनसरी आएका सयौ कार्यकर्ता धमाधम बिरामी पर्न थालेका छन्।
  • 10:23 AM: nepaliblogger सैनिक जनसम्पर्क निर्देशनालयले आज एक वक्तव्य जारी गर्दै ‘नेपाली सेनाको हालसम्मको धैर्यता र संयमतालाई कमजोरी नठान्न आन्दोलनकारीहरुलाई’ चेतावनी दिएको छ। वक्तव्यमा ‘अब उप्रान्त त्यस प्रकारका घटनाहरु दोहरिए नेपाली सेनाका सदस्यहरुको सुरक्षाको लागि घटना स्थलबाटै उद्धार गर्ने कार्यमा पछि नपर्ने’ जनाएको छ। माओवादीको आन्दोलनमा व्यक्तिगत काममा हिँडेका सेनाका जवानलाई समात्दै सुराकीको आरोप लगाएकोभन्दै सेनाले वक्तव्य निकालेको हो। आज आन्दोलनकारीहरुले सुन्धारामा सुराकी गर्न आएको भनी दुई जनालाई पक्राउ गरी प्रहरीलाई बुझाएको राष्ट्रिय मानवअधिकार आयोगले जनाएको छ।
  • 10:29 AM: nepaliblogger
  • 10:29 AM: nepaliblogger
  • 10:29 AM: nepaliblogger
  • 11:40 AM: nepaliblogger I uploaded a YouTube video — Nepal Maoist Protest Day 1 youtu.be
  • 12:07 PM: nepaliblogger राष्ट्रिय मानवअधिकार आयोगको प्रेस विज्ञप्ति
    प्रेस विज्ञप्ति

    २०६७ वैसाख १९ गते

    आयोगद्वारा देशव्यापी अनुगमन, केही घटनाबाहेक शान्तिपूर्ण

    राष्ट्रिय मानवअधिकार आयोगले एकिकृत नेकपा (माओवादी) ले २०६७ वैसाख १९ गतेबाट सुरु गरेको अनिश्चितकालीन आमहड्तालको पहिलो दिन काठमाडौं उपत्यका लगायत देशका विभिन्न भागमा अनुगमन गर्‍यो। देशका सबैजसो भागमा हड्तालको प्रत्यक्ष प्रभाव परेको, शैक्षिक संस्था, उद्योग कलकारखाना तथा यातायात ठप्प भएको छ। आयोगको केन्द्रीय, क्षेत्रीय तथा उपक्षेत्रीय कार्यालयहरूबाट खटिएका १३ ओटा टोलीहरूले प्राप्त गरेका तथ्यहरू निम्न छन् :

    ८ काठमाडौं उपत्यकाका विभिन्न स्थानहरू (कुपन्डोल, थापाथली, बानेश्वर, कोटेश्वर, पुतलीसडक, रत्नपार्क, सुन्धारा त्रिपुरेश्वर) मा भएका प्रदर्शन तथा अन्य गतिविधिहरू शान्तिपूर्ण रहेको। कोटेश्वरमा एउटा गाडी तोडफोड भएको। पर्यटक, मानवअधिकारकर्मी, एम्बुलेन्स, कुटनीतिक नियोगका साधनहरू, खानेपानी लगायतका अत्यावस्यक साधनहरू निर्वाध रुपमा चल्न दिएको।
    ८ उच्च माध्यमिक शिक्षा परिपद्ले सञ्चालन गरेको कक्षा १२ को परीक्षा स्थगन तथा आजको परीक्षा समेत रद्द गर्न माग गर्दै विद्यार्थीहरूले उमाशिप, भक्तपुरमा धर्ना दिएको, परीक्षा समितिको बैठक बसी आवश्यक निर्णय लिइने परीक्षा नियन्त्रक देवीप्रसाद बुर्लाकोटीको जानकारी।
    ८ पोखराको विरौटा र झारेपाटन, विराटनगरको रानी, विरगञ्ज, चितवन, बुटवल, दाङ र दैलेखमा झडपका घटनाहरू भएको। विराटनगरको सीमावर्ती क्षेत्रमा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप तथा ढुङ्गा हानाहान भएको। विराटनगरकै रानी क्षेत्रमा खुलेका पसलहरूमा तोडफोड भएको। स्थानीय व्यक्तिको प्रतिकारमा केही बन्द समर्थकहरू घाइते भएका।
    ८ चितवनमा कक्षा १२ को परीक्षा सञ्चालन गर्ने क्रममा झडप हुँदा स्थिति नियन्त्रणमा लिन रबर बुलेट प्रयोग भएको। चितवनको कन्या क्याम्पसमा परीक्षा लिन खोज्दा भएको झडपमा केही घाइते। गम्भीर अवस्थाका एक घाइतेलाई उपचारका लागि काठमाडौं लगिएको।
    ८ काठमाडौंकै सुन्धारामा सुराकी गर्न आएको भनी नेपाली सेनाका दुई जवानलाई पक्राउ गरी प्रहरीलाई बुझाइएको।

    आमहड्तालले सर्वसाधारणको जनजीवन कष्टकर हुँदै गएकाले संवादको माध्यमबाट सहमतिमा पुग्न सबै राजनीतिक दलहरूलाई तथा यथाशीघ्र आमहड्ताल फिर्ता लिन एकिकृत नेकपा (माओवादी) लाई राष्ट्रिय मानवअधिकार आयोग आग्रह गर्दछ। साथै शान्ति सुरक्षा कायम गर्ने सिलसिलामा आवश्यकताभन्दा बढी बल प्रयोग नगर्न र संयम अपनाउन आयोग नेपाल सरकारको ध्यानाकर्षण गराउँछ ।

  • 12:08 PM: nepaliblogger प्रेस–विज्ञप्ति१) पूर्व प्रधानमन्त्री प्रचण्ड ले राजीनामा दिए पश्चात् माधव नेपालको सरकारलाई नेपाल सद्भावना पार्टीे को समर्थनको पहिलो शर्त्त संविधान निर्माणका लागि सरकारले राष्ट्रिय सहमति निर्माण गर्नु पर्ने रहेको थियो। तर सरकार राष्ट्रिय सहमतिको निर्माणमा असफल रहेकोले पार्टीले गत चैत्र २३ गते नै सरकार लाई दिएको समर्थन फिर्त्ता गरी सकेको अवस्थामा सरकार संग बाइसदलको समर्थन रहेको नितान्त गलत र भ्रमपूर्ण समाचार सरकारले प्रेसित गरेकोमा पार्टी त्यसको खण्डन गर्दै सरकारको रवैया प्रति खेद प्रकट गर्दछ।

    २) हालको सरकार संसद व्यवस्थापिकाको साधारण बहुमतको आधारमा आफ्नो निरन्तरताको औचित्य साबित गर्ने प्रचार बाजीमा लागेको छ तर यो प्रचार बाजी अंतरिम संविधान को मर्म र भावना र मूल अपेक्षाको प्रतिकूल रहेको छ। अहिलेको संसद सामान्य अवस्थाको संसद होइन। संविधान निर्माणको जिम्मेवारी संविधान सभा व्यवस्थापिका संसदको प्रमुख जिम्मेवारी रहेको अवस्थामा अहिलेको सरकारको औचित्य मात्र साधारण बहुमतको समर्थनको आधारमा साबित गर्नु राजनीतिक इमानदारिता होईन। र यर्थातमा यो सरकार सघीयता, लोकतन्त्र, गणतन्त्र र अतंरिम संविधान बिरुद्धको षडयन्त्र को उपज हो र सरकार मुलुकमा पुनः द्वन्द शुरु गराई अंतरिम संविधान र संविधान सभा बिफल गराउन लागि परेको छ।

    ३) संविधान निर्माणका लागि राष्ट्रिय सहमति सरकार संग छैन र सरकार यथास्थितिवादी र प्रतिक्रियावादीहरुको नियन्त्रणमा रहेको छ। संविधान निर्माणका आवश्यकता अनुसार यो सरकार अल्पसंख्यक सरकार नै रहेको छ यस सरकारको निरन्तरता रहयोे भने संविधान सभा बाट नयाँ संविधान नआउने निश्चित् छ। ज्येष्ठ १४ , २०६७ मा संविधान जारी हुन नसक्ने लगभग निश्चित प्रायः छ र अतंरिम संविधान अनुसार संविधान सभाको अवधि ६ महिनाका लागि मात्र बढाउन सकिने छ। आगामी ६ महिनाका लागि राजनीतिक सहमति र सता साझेदारी संविधान निर्माण लाई सर्वाधिक महत्व दिएर नगर्ने हो भने संविधान सभा बाट नयाँ संविधानको आकांक्षा राखेको मुलुक र नेपाली जनता संग अर्को गंभीर धोखा हुनेछ र यस्को प्रमुख जिम्मेवारी वर्त्तमान सरकार मा सहभागी दलहरु ले लिनु पर्ने हुन्छ।

    ४) संविधान निर्माण र सफल शान्ति प्रक्रियाका लागि मूलतः सत्ता साझेदारी पनि अंतरिम संविधानको मर्म र भावना अनुरुप आवश्यक रहेकोले ए ने.क.पा. (माओवादी) ले आह्वान गरेको सन्दर्भमा पार्टी वर्त्तमान सरकारको राजीनामाको मांग गर्दै लोकतन्त्रको सिद्धान्त अनुरुप नेपाली जनता द्वारा निर्वाचित संविधान सभाको सबै भन्दा ठुलो दल एकिकृत ने.क.पा (माओवादी) को सहमतिमा राष्ट्रिय एकताको सरकारको गठनको लागी बाटो प्रशस्त गरी दिन अपिल गर्दछ।

    सरिता गिरी

    राष्ट्रिय अध्यक्ष

  • 12:08 PM: nepaliblogger सेनाले दियो चेतावनी। संयमित नभए मुठभेडको सम्भावना। वक्तव्य हेर्नुस् जस्ताको तस्तै सैनिक जनसम्पर्क निर्देशनालयको बिज्ञप्तिबिज्ञप्ति नं. ः ९१
    मिति ः २०६७ बैशाख १९ गते
    समय ः साँझ ६ः०० बजे

    ध्यानाकर्षण
    १. विगत केहि दिन यता नेपाली सेनाका सैनिक व्यक्तिहरुलाई आफ्नो काममा बाटोमा हिंडीरहेको अवस्थामा झुठ्ठा लाञ्छना सहित जबरजस्ती समाती सिपाहीको व्यक्तिगत इज्जत तथा नेपाली सेनाको प्रतिष्ठामा समेत आंच आउने गरी सैनिक व्यक्तिहरुलाई जथाभावी गर्ने, मिडियामा देखाउने र प्रहरीमा बुझाउने जस्ता कार्यहरु प्रति नेपाली सेनाको गम्भीर ध्यानाकर्षण भएको छ।
    २. मिति २०६७ बैशाख १७ गते सांझ सिपाही रामकुमार खड्का सुन्धारा स्थित फलफूल पसलमा जुस खान लागेको अवस्थामा निजलाई जासुसीको आरोपमा पक्राउ गरी मिडियामा देखाई व्यक्ति र संस्थामा नै आंच आउने किसीमको दुस्कार्य भएको।
    ३. त्यस्तै मिति २०६७ बैशाख १९ गते भर्खरै मात्र अवकास प्राप्त अमल्दार रेशम हमाललाई आफ्नो आवश्यक कागजपत्रको फोटोकपी गर्ने क्रममा सुन्धारामा आन्दोलनको जासुसी गर्न आएको झुठा आरोपमा पक्राउ गरि निजको परिचय पत्र समेत खोसेको साथै आफ््क्नो उपचारको क्रममा सैनिक चिकित्सकको सुझाव अनुसार थप उपचारको लागि शिक्षण अस्पतालतर्फ जाने क्रममा सिपाही देव बहादुर बिष्टलाई समेत सोही आरोपमा पक्राउ पश्चात दुर्व्यवहार गरि प्रहरीको जिम्मा लगाएको छ।
    ४. उपरोक्त घटनाहरुको बाबजुद नेपाली सेनाको हाल सम्मको धैर्यता र संयमतालाई कमजोरी नठान्न आन्दोलनकारीहरुलाई नेपाली सेना आग्रह गर्दछ। साथै अव उप्रान्त त्यस प्रकारका घटनाहरु दोहरिएमा नेपाली सेनाका सदस्यहरुको सुरक्षाको लागि घटना स्थलबाटै उद्धार गर्ने कार्यमा पछि नपर्ने व्यहोरा समेत सम्बन्धितलाई यसै विज्ञप्ती मार्फत जानकारी गराईन्छ।

  • 12:18 PM: nepaliblogger

Let us know if you have something to say regarding the first day. We shall be starting the second day.

1 COMMENT

Comments are closed.