Maoists General Strike Day 2

3

Maoists General Strike Day 2 was mostly peaceful barring a clash between the Maoists and the police at Gongabu in the Kathmandu Valley. Some other places outside the kathmandu vallery also had some of the clashes. Thanks for joining our live blogging of events the whole day. Here’s the live webcast of the events that we included today.

  • 4:10 AM: nepaliblogger आमहड्तालको दोस्रो दिन सरकारी कार्यालय माओवादी निसाना बनेका छन्। चितवनमा माओवादी कार्यकर्ता सरकारी कार्यालय बन्द गराउँदै हिँडिरहेका छन् भने रुपन्देहीमा पनि सरकारी कार्यालय बन्द माओवादी कार्यकर्ताले चेतावनी दिएका छन्।
  • 4:55 AM: nepaliblogger
  • 4:55 AM: nepaliblogger
  • 4:55 AM: nepaliblogger
  • 5:00 AM: nepaliblogger प्रधानमन्त्री निवासमा १० दलको बैठक सुरु। प्रधानमन्त्री निवासमा सरकारलाई समर्थन गर्ने मुख्य १० दलको बैठक सुरु भएको छ। प्रधानमन्त्री माधवकुमार नेपालको निमन्त्रणामा बैठक भएको हो।
  • 5:13 AM: nepaliblogger सरकारका विरुद्ध संकटको बादल मडारिरहेको बेला प्रधानमन्त्री माधवकुमार नेपालले १० दलको बैठक बोलाएका छन्।
  • 5:14 AM: nepaliblogger RT @aakarpost: Banks r supportin Maoist Strike.So,dey’ve closed their ATM, saying security problem.Since strike is a cultural show, ATMs …
  • 5:14 AM: nepaliblogger RT @deepakadk: Maoists in Baneshwar dancing despite the rain #MaoistGS
  • 5:15 AM: nepaliblogger संसदको आजको बैठक माओवादी हड्तालका कारण स्थगित भएको छ। ‘प्रमुख प्रतिपक्षी दल एकीकृत नेकपा माओवादीको आमहड्तालको कारण बस्न नसक्ने परिस्थिति भएकोले भोलि ३ बजेसम्मका लागि स्थगित गरिएको छ।’
  • 5:34 AM: salokya अरु पसल बन्द गरे जस्तो दरबारमार्गको मर्कन्टायल पनि बन्द गर भनेर भन्न गएको रहेछ, मिडिया हो भन्ने नबुझेका रैछन्
  • 5:43 AM: nepaliblogger नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेले आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै राष्ट्रपति शासन लगाएर संविधान सभाको म्याद थप्नु पर्ने बताएका छन्।
  • 6:13 AM: nepaliblogger आन्दोलनकारीले लमजुङमा बा १ च ९७७७ नम्बरको माइक्रो बस तोडफोड गरेका छन्
  • 6:33 AM: nepaliblogger वामदेव गौतमको अभिव्यक्तिलाई लिएर एमालेको अनुशासन आयोगको बैठक पार्टी कार्यालय बल्खुमा बसिरहेको छ। आयोग अध्यक्ष अमृत बोहराको अध्यक्षतामा बिहान ११ बजेदेखि बैठक बसिरहेको छ भने कार्यालय बाहिर गौतमलाई कारबाही गर्नुपर्ने भन्दै विद्यार्थी, प्राध्यापक, युवा, जिल्ला कमिटीहरु र सम्पर्क मञ्चका नेता तथा कार्यकर्ताहरु समूह समूहमा गएर दबाब दिइरहेका छन्।
  • 7:23 AM: deepakadk Dancing in Maoist tunes (in Koteshwar) #MaoistGS twitpic.com
  • 7:23 AM: deepakadk
  • 7:43 AM: UjjwalAcharya Just crossed the ‘Sundhara Front’ of Maoists. A mass meeting is being held in the intersection. Dr Babu Ram Bhattarai to speak. #MaoistGS
  • 7:48 AM: deepakadk Ready for the live cast #MaoistGS twitpic.com
  • 7:48 AM: deepakadk
  • 7:51 AM: wagle Surprisingly peaceful, celebratory rallies BUT organized in v militant way. folks strictly under team-leader’s surveillance #MaoistStrike
  • 7:53 AM: nepaliblogger राजनीतिक गतिरोध अन्त्यका लागि सहमति प्रयास गर्न माओवादी शीर्ष नेताहरु एमाले अध्यक्ष झलनाथ खनालको डल्लुस्थित निवास पुगेका छन्। खनालसँग छलफलमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, नेताहरु बाबुराम भट्टराई र मोहन वैद्य खनाल सहभागी छन्।
  • 7:54 AM: wagle Press highly encouraged, given much respect “Hey, stand up, hoist the flag,” a commander asked his folks when i tuk out camera #MaoistStrike
  • 7:55 AM: nepaliblogger माओवादीले आमहड्तालका क्रममा पोखरास्थित पृथ्वीचोकको शिशुवा मेडिकलमा आक्रमण गर्दा मेडिकल सञ्चालक टीकाराम शर्मासहित ३ वर्षीय बालक सन्देश पौडेल घाइते भएका छन्।
  • 7:55 AM: nepaliblogger माओवादी अध्यक्ष पुष्पकमल दाहाल र कङ्ग्रेस नेता सुशील कोइरालाबीच अहिले ४ बजे कोइराला निवासमा वार्ता हुँदैछ। यतिखेर भने दाहाल एमाले अध्यक्ष झलनाथ खनालसँग खनालकै निवासमा वार्तामा छन्।
  • 7:56 AM: nepaliblogger सडकबाट सरकार फेर्ने अडान माओवादीले छाड्नुपर्ने भनाइ एमालेले माओवादी अध्यक्षसामु राखेको एमाले नेता विष्णु पौडेलको भनाइ।
  • 7:57 AM: wagle When we approached #MaoistStrike general participants 4 interview, their team-leader quickly appeared n tried 2 inject his n party’s views
  • 7:57 AM: nepaliblogger माओवादीको आजको आन्दोलनको अन्तिम सभा सुन्धारामा सुरु भएको छ। भट्टराई लगायतका नेता सुन्धारामा उपस्थित भइसकेका छन्। #MaoistStrike #MaoistGS
  • 7:59 AM: nepaliblogger twitpic.com
  • 7:59 AM: nepaliblogger
  • 8:00 AM: wagle One 19-year old boy rallying 4 #MaoistStrike was quickly summoned by his team-leader when he started 2 talk 2 reporters. He never came back
  • 8:08 AM: deepakadk Kathmandu here I come: the majority of protesters in #MaoistStrike are from rural#Nepal twitpic.com
  • 8:08 AM: deepakadk
  • 8:19 AM: deepakadk Meet the press: an Avenues anchor interview Maoist protester #MaoistStrike#Nepal twitpic.com
  • 8:19 AM: deepakadk
  • 8:19 AM: nepaliblogger RT @deepakadk: Meet the press: an Avenues anchor interview Maoist protester #MaoistStrike#Nepal twitpic.com
  • 8:19 AM: nepaliblogger
  • 8:23 AM: deepakadk Ensuring Human Rights: An observer in Koteshwar must be feeling the blistering heat #MaoistStrike twitpic.com
  • 8:23 AM: deepakadk
  • 8:47 AM: nepaliblogger सुन्धाराको सभामा माओवादी उपाध्यक्ष बाबुराम भट्टराईले सम्बोधन थालेका छन्।
  • 8:49 AM: nepaliblogger अहिले सुन्धारामा भइरहेको सभाको फोटोहरु। twitpic.com
  • 8:49 AM: nepaliblogger
  • 8:51 AM: nepaliblogger
  • 8:51 AM: nepaliblogger
  • 8:58 AM: salokya फिर्ता होला त हड्ताल? प्रचण्डले सत्ता पक्ष र आफूहरु दुवैको हार नहुने गरी विन विनको सिचुएसनमा आन्दोलन फिर्ता लिनसक्ने संकेत गरेछन्।
  • 9:10 AM: nepaliblogger माओवादी अध्यक्ष पुष्पकमल दाहालले सत्ता पक्ष र आफ्नो दुवैको हार महसूस नहुने गरी ‘विन-विनको स्थितिमा’ आन्दोलन फिर्ता लिन सक्ने संकेत गरेका छन्। मिडिया सञ्चालकहरुसितको भेटमा दाहालले अनिश्चितकालीन हड्ताल लम्ब्याएर लैजाने आफूहरुको चाहना नरहेको बताए।
  • 9:11 AM: nepaliblogger भट्टराईः (नजिकैको भद्रकालीको सेनातर्फ इंगित गर्दै) अब हामी लड्ने बेला हैनौँ। राजतन्त्र गइसक्यो। नेपाली सेनाका दाजुभाइलाई हाम्रै दाजुभाइ सरह व्यवहार गर्न तयार छौँ। बन्दूक जनताप्रति हैन जसले आदेश दिन्छ उही प्रति फर्काउन आग्रह गर्छौँ।
  • 9:31 AM: nepaliblogger भट्टराईः छिट्टै समाधान खोज्ने हो भने काठमाडौँवासी नेवारहरु सबै सडकमा उत्रनुपर्छ। छिटो उत्रनुभयो भने हामीले आन्दोलन लम्ब्याउनु पर्ने छैन। आउनुस्, तपाईँहरु पनि सडकमा उत्रनुस्।
  • 9:47 AM: nepaliblogger सुन्धाराको कोणसभामा सम्बोधन गर्दै माओवादी उपाध्यक्ष बाबुराम भट्टराईले भने, हो, हामीले सत्ता खोजेका हौँ।
  • 9:47 AM: nepaliblogger सुन्धाराको कोणसभामा सम्बोधन गर्दै माओवादी उपाध्यक्ष बाबुराम भट्टराईले भने, हो, हामीले सत्ता खोजेका हौँ।
  • 9:50 AM: nepaliblogger माओवादी र काँग्रेसका शीर्ष नेताबीच अहिले साँझ ६ बजे होटल सांग्रिलामा द्विपक्षीय वार्ता हुँदैछ। हिजो राति बसेको तीन दलका शीर्ष नेताहरुको बैठकले आज द्विपक्षीय र त्रिपक्षीय बैठक बसी पुनः तीन दलको बैठक बस्ने सहमति गरेको थियो। यसअनुसार आज बिहान माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एमाले अध्यक्ष झलनाथ खनालबीच खनाल निवास डल्लुमा द्विपक्षीय वार्ता भएको थियो।
  • 9:50 AM: nepaliblogger माओवादीको आजको आन्दोलनको अन्तिम सभा सुन्धारामा सुरु भएको छ। आन्दोलनलाई माओवादी उपाध्यक्ष बाबुराम भट्टराईले सम्वोधन गर्ने कार्यक्रम छ। भट्टराई लगायतका नेता सुन्धारामा उपस्थित भइसकेका छन्। राजधानीका विभिन्न स्थानबाट माओवादी कार्यकर्ताहरु अहिले सुन्धारामा केन्द्रित भएका छन्।
  • 9:53 AM: nepaliblogger माओवादी हड्तालका क्रममा साँझ ६ देखि ८ बजेसम्म बजार खुल्न दिने पूर्व घोषित तालिका अनुसार राजधानीका पसलहरु खुल्न थालेका छन्। ठूला मलहरु भने खुल्न सकेको छैन्। खाद्यान्न पसल र तरकारी किन्नेहरु बजारमा निस्कन थालेका छन्।
  • 9:55 AM: nahsrad Life returns to normal in the evening,2nd day of #MaoistStrike as ppl start practising weird rosary cum sunset pho twitpic.com
  • 10:24 AM: salokya गोंगबु र चाबहिल चुच्चेपाटीमा झडप भइरहेको रहेछ।
  • 10:27 AM: nepaliblogger एक यात्रुले चढिरहेको मोटरसाइकल माओवादी कार्यकर्ताले नियन्त्रणमा लिएर जलाउन खोजेपछि अहिले गोङ्गबूमा दुई पक्षबीच झडप सुरु भएको छ#MaoistStrike
  • 10:27 AM: wagle Journalist @deepakadk writes from Kathmandu streets (and I present photos) in UWB wp.me #MaoistStrike #Nepal
  • 10:30 AM: nepaliblogger गोङ्गबूमा माओवादी-सुरक्षाकर्मी झडप: एक यात्रुले चढिरहेको मोटरसाइकल माओवादी कार्यकर्ताले नियन्त्रणमा लिएर जलाउन खोजेपछि अहिले गोङ्गबूमा दुई पक्षबीच झडप सुरु भएको छ। यस क्रममा भीड तितरबितर पार्न प्रहरीले टियर ग्यास हानेको छ। मोटरसाइकल जलाउनबाट रोक्न खोज्दा झडप भएको हो।
  • 10:35 AM: Aashisluitel Journalist @deepakadk writes from Kathmandu streets (and @wagle: presents photos) in UWB wp.me #MaoistStrike #Nepal
  • 10:35 AM: nepaliblogger चाबहिल चुच्चेपाटीमा छ बजेपछि गुडेका तीन वटा मोटरसाइकलमा आन्दोलनकारीहरुले आक्रमण गरेका छन्। मोटरसाइकल जलाउन खोज्दा प्रहरीले हस्तक्षेप गरेको छ। अहिले त्यहाँको स्थिति तनावग्रस्त छ।
  • 10:37 AM: salokya हडतालका क्रममा किनमेलका लागि छुट दिने भनिएको समयमा चलेका मोटरसाइकल चलेपछि त्यसलाई तोडफोड र जलाउन खोज्ने क्रममा प्रहरीले हस्तक्षेप गर्दा झडप
  • 10:45 AM: salokya गोंगबुमा गोली चल्यो- न्युज२४ टिभी
  • 10:48 AM: salokya २ राउन्ड हवाई फायर, चार राउन्ड अश्रुग्यास प्रहरीले प्रहार गरेको आन्दोलनकारीको भनाइ- न्युज२४
  • 10:48 AM: nepaliblogger RT @salokya: गोंगबुमा गोली चल्यो- न्युज२४ टिभी
  • 10:55 AM: salokya आन्दोलनकारी र प्रहरीबीच प्रहरीलाई ढुंगा हान्ने काम बाहिरी पक्षबाट भएको भन्ने सहमति, अहिले स्थिति सामान्य
  • 10:57 AM: nepaliblogger अनिश्चित हड्तालका क्रममा किनमेलका लागि साँझ दुई घण्टा छुट दिइएको समयमा यतिखेर कमलपोखरीको सिटी सेन्टरमा ठूलो घुइँचो देखिएको छ। विशेषगरी दाल, चामल पाइने पसलमा भीड रहेको छ। किनमेल गर्न मारवाडी समुदायको बढी घुँइचो देखिएको छ। सिटी सेन्टरको एक मात्र ढोका खुला गरिएको छ
  • 11:10 AM: nepaliblogger गोंगबुमा आन्दोलनकारी र प्रहरीबीच भएको झडपमा दुई राउन्ड हवाइ फायर र चार राउन्ड अश्रुग्यास चलेको आन्दोलनकारीहरुलाई उद्धृत गर्दै न्युज२४ टिभीले जनाएको छ। आन्दोलनकारी र प्रहरीबीच प्रहरीलाई ढुंगा हान्ने काम बाहिरी पक्षबाट भएको भन्ने सहमति भएपछि अहिले त्यहाँको स्थिति साम्य भएको छ। झडपमा प्रहरी र आन्दोलनकारी दुवै घाइते भएका छन्।
  • 11:57 AM: salokya ghar farkadai 6u, armed police force pani farkadai gareko dekhiyeko chha
  • 12:06 PM: salokya Teku ma paryatak matra lekhiyeko sayad airport bata aayeko taxi lai rokdai 6an andolankari
  • 12:10 PM: salokya chaleka motorcycle haru lai aandolankari haru le roki raheka dekhiyo bses gari teku ma
  • 12:13 PM: salokya अहो, कालिमाटीको सिडी पसलमा कति धेरै भीड, दिनभर फिल्म हेर्नलाई होला
  • 12:52 PM: nepaliblogger माओवादी र कांग्रेसबीच अहिले साँझ भएको द्विपक्षीय वार्ता बिना निश्कर्ष टुंगिएको छ।
  • 12:55 PM: salokya लौ अर्को एउटा निश्कर्षविहीन वार्ता टुंगियो- कांग्रेस र माओवादीको। निश्कर्ष निस्केको खबरै सुन्न गाह्रो भो बा
  • 1:25 PM: nepaliblogger आज कहाँ कहाँ के भयो ?राष्ट्रिय मानवअधिकार आयोगको वक्तव्यको अंश- आयोगको केन्द्रीय, क्षेत्रीय तथा उपक्षेत्रीय कार्यालयहरूबाट खटिएका १५ ओटा टोलीहरूले प्राप्त गरेका तथ्यहरू निम्न छन् :

    काठमाडौं उपत्यका लगायत देशका विभिन्न भागमा पानी तथा दुध बोक्ने ट्यांकर, एम्बुलेन्स, मानवअधिकार आयोग, मानवअधिकार अनुगमनकर्ता, सञ्चारकर्मी रेडक्रस, कुटनीतिक नियोग, फोहोर सङ्कलनका सवारी साधनहरू सुचारु पाइएको। प्रदर्शनस्थल हुँदै जानै अत्यावश्यक सेवाका सवारी साधनहरुलाई प्रदर्शनकारीहरुले वैकल्पिक मार्ग प्रयोग गर्न लगाएको। कतिपय सवारीसाधनहरूमा सामान्य सोधपुछ गरिएको।
    दिउँसो १ः३० बजे पोखरा नागढुँगास्थित सिसुवा मेडिकल हलमा स्लाइन पानी दिन ल्याएका तीन बर्षीय बालक सन्देश पौडेलको उपचार हुँदाहुँदै ४५/५० को सङ्ख्यामा आएका प्रदर्शनकारीले उक्त मेडिकल हलमा तोडफोड गरेको। आक्रमणमा बच्चाको टाउकोमा चोट लाग्नुका साथै मेडिकल सञ्चालक टीकाराम शर्मा समेत घाइते भएका।
    प्रदर्शनकारीहरुले कीर्तिपुरमा एउटा मोटरसाइकल, बुटवलमा राष्ट्रिय वाणिज्य बैंक र सिद्धार्थ गार्मेन्टमा क्षति पुर्‍याएका।
    रुपन्देही देवदह खैरेनीमा ना १४ प १६४४ र बा १४ प ५३२६ नम्बरको मोटरसाइकलमा प्रदर्शनकारीले आगजनी गरेको। मोटरसाइकलमा आगजनी गरेको आरोपमा रुपन्देहीमा प्रहरीले ११ जना प्रदर्शनकारीलाई पक्राउ गरेको। उनीहरूलाई वडा प्रहरी कार्यालय रामनगर बुटवलमा राखिएको।
    पोखरा, धनगढी लगायतका स्थानमा प्रदर्शनका क्रममा बालबालिकाको प्रयोग भएको पाइएको।
    काठमाडौं उपत्यकामा केही प्रदर्शनकारीहरू बिरामी परेको पाइएको ।

  • 1:48 PM: GlobillGiving Only way to get to site visits these days in #Nepal: walking. Limits my range a bit… #MaoistStrike
  • 2:52 PM: hegemonik Video: Nepal Maoist Protest Torch Rally (via nepaliblogger) #MaoistGS #MaoistStrike tumblr.com
  • 2:58 PM: hegemonik Following news from Nepal via Twitter hashtags #MaoistStrike and #MaoistGS . Any other hashtags that folks have seen in use?
  • 3:10 PM: nepaliblogger I uploaded a YouTube video — Nepal Maoist Protest Torch Rally youtu.be
  • 4:22 PM: santacruztacean For us anglohablantes, #MaoistStrike is the best way to stay up to date on the general strike threatening to bring down the govt. in Nepal.

Thanks for the bloggers and twitters that participated in this live webcast of second day. We will be there with a new live webcast for the third day only on Nepali Blogger Live .

3 COMMENTS

Comments are closed.